नेपाल उत्पीडित जातीय मुक्ति समाज कोहलपुरको अध्यक्षमा दिपक



कोहलपुर ।

नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज कोहलपुर नगर अध्यक्षमा दिपक नेपाली चयन भएका छन् । कोहलपुरमा बिहीबार सम्पन्न मुक्ति समाजको प्रथम नगर अधिवेशनबाट दिपकको नेतृत्वमा ३९ सदस्यीय नगर कमिटी चयन भएको हो ।

नगर कमिटीको उपाध्यक्षमा सारा नेपाली परियार, सचिवमा कृष्ण वादी, कोषाध्यक्षमा कल्पना बैगार र जनकबहादुर नेपाली सर्वसम्मत चयन भएको नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य भीमबहादुर नेपालीले जानकारी दिए ।

उनका अनुसार सदस्यमा टीका वादी, वसन्त विश्वकर्मा, रमिला सुनारलगायत छन् । ‘प्रथम अधिवेशनबाट सर्वसम्मतरुपमा नै नयाँ नेतृत्व चयन गरिएको थियो,’ समाजका कोहलपुर नगर इञ्चार्जसमेत रहेका उनले भने, ‘भव्य र सभ्यरुपमा पहिलो अधिवेशन सम्पन्न भयो ।’

अधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बिनीका संयोजक नन्द विश्वकर्माले आउँदो निर्वाचनमा एमालेलाई जिताउनको लागि सबैजना लाग्नुपर्ने बताए ।

‘तपाई हामी अझ भन्नु पर्दा जनताको पक्षमा एमालेले काम गर्छ,’ उनले भने, ‘एमालेलाई जिताउन उत्पीडित जातीय मुक्ति समाजमा रहनुभएका साथिहरुको समेत ठूलो भूमिका हुन्छ ।’

समाजको प्रथम नगर अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकाल, एमाले कोहलपुरका अध्यक्ष खिलप्रसाद भुषाल, एमालेका नेता बलराम भट्टराई, वसन्ती अधिकारी, पुजन विश्वकर्मालगायतले बोलेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन १९ गते बिहीबार