बलात्कार आरोपमा एमाले सांसद बानियाँ नेपालगन्ज विमानस्थलबाट पक्राउ



नेपालगन्ज ।

बलात्कार आरोप लागेका एमाले सांसद मोहन बानियाँ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बानियाँलाई सोमबार साँझ नेपालगन्ज विमानस्थलबाट पक्राउ गरीएको जानकारी दिए । बलात्कार आरोपमा अभियोगमा एमालेका सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो । पीडित महिलाले सांसद बानियाँविरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

सांसद बानियाँ पिछडिएको क्षेत्रबाट एमालेका समानुपातिक सांसद हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन १६ गते सोमबार