कैलालीको बेलाबोजीमा मोटरसाइकल दुर्घटना हुँदा एक चालकको मृत्यु



कैलाली ।

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

जिल्लाको भजनी नगरपालिका ३ हुलाकी राजमार्ग अन्तर्गत बेलाबोजी भन्ने ठाउँमा सुपप्र ०१००८ प ४७२३ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ मोटरसाइकल चालक अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर चौधरीको मृत्यु भएको हो ।

मोटसाईकल दुर्घटनामा परी गम्भिर घाईते भएका चौधरीको राति नै प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ । चालकको घर टीकापुर नगरपालिका वडा ६ मा रहेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ८ गते आइतबार