नेपालगन्ज ।
आइतबार प्रहरीले पाँचजना किशोरकिशोरीलाई उद्दार गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायब निरीक्षक मीनबहादुर विष्ट नेतृत्वको प्रहरीले सीमावर्ती भारतीय बजार रुपइडिहाबाट उनीहरुलाई उद्दार गरेको हो ।
बाँकेस्थित बैजनाथ गाउँपालिका–६, की १८ वर्षीया तारा सुनार, कोहलपुर नगरपालिका–११, की १८ वर्षीया स्मारिका शाही, कोहलपुर नगरपालिका–३, का १६ वर्षीय सागर चन्द, बर्दियास्थित बाँसगढी नगरपालिका–२, का १८ वर्षीय आर्दश सुनार र सोही स्थानका १९ वर्षीय सुजित सुनारको उद्दार गरिएको प्रहरी नायब निरीक्षक विष्टले जनाए ।
‘ति किशोरकिशोरीहरुका आफन्तले खबर गर्नुभएको थियो,’ उनले भने, ‘त्यसपछि हामीलाई उद्दारका लागि खटिएका थियौं ।’ उनीहरुलाई सोधपुछ गरेर परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ फागुन २ गते सोमबार









प्रतिक्रिया दिनुहोस्