मुखमा ब्राउनसुगर लुकाएर ल्याउँदै गरेका कोहलपुरका युवक पक्राउ



कोहलपुर ।

भारतबाट नेपालतर्फ मुख भित्र लुकाएर ल्याउँदै गरेको ब्राउन सुगरसहित एक किशोर पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाहबाट कोहलपुर–५ का २२ वर्षीय सनिस केसी पक्राउ परेका हुन् ।

जमुनाह चेक पोइन्ट हुँदै नेपाल प्रवेश गर्दै गरेका उनीहरुलाई बिहीबार साँझ पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका केसीलाई शंका लागेर चेकजाँच गर्दा उनले मुख भित्र लुकाएर ल्याएको अवस्थामा ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारेको थियो ।

तौल गर्दा ३ ग्राम ब्राउनसुगर रहेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रबार