निकुञ्ज बाहिरको वन क्षेत्रमा सुरक्षा व्यवस्था कमजोर हुने र कतिपय अवस्थामा सुरक्षाकर्मीकै मिलोमतोमा अन्य जनावरको सिकार गरिने भएकोले चुनौती थपिएको हो ।
प्रहरीले पनि पाटेबाघलगायतका अन्य जनावरहरु तस्करलाई मार्न नदिनेभन्दा पनि मारेपछि आफैँ ग्राहक बनेर तस्करलाई नियन्त्रणमा लिने गर्दछ ।
घटनाः १
२०७६ माघ २८ गते दाङको तुलसीपुरबाट प्रहरीले पाटेबाघको छालासहित तीनजनालाई पक्राउ ग¥यो । उक्त पाटेबाघको छाला सन २०१८ मा बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिएको बाघको थियो ।
बरामद गरेको छाला र बाँके निकुञ्जमा गणना गर्दाखेरि खिचिएका फोटोहरु भिडाउँदा पुष्टि भएको थियो । भाले पाटेबाघ बाँके निकुञ्जको अन्दाजी ७-८ वर्षको रहेको अनुमान गरिएको छ ।
घटनाः २
बाँके राप्तीसोनारी गाउँपालिका–१, कुसुम क्षेत्रबाट समेत प्रहरीले पाटेबाघको छाला र हड्डीसहित २०७७ असार २१ गते एकजनालाई पक्राउ गरेको थियो । त्यतिबेला पक्राउ परेका स्थानीय ४६ वर्षीय नवराज घर्तीले पाटेबाघलाई गोली हानेर मारेको प्रहरीलाई बयान दिएका थिए ।
कुसुम क्षेत्रबाट बरामद भएको पाटेबाघ निकुञ्जमा गणना भएको देखिएन । पक्राउ परेकाबाट निकुञ्ज नजिकै रहेको राप्ती नदी पारिको क्षेत्रबाट छाला बरामद भएको थियो ।
यति मात्र होइन, राष्ट्रिय निकुञ्जभन्दा बाहिरी जंगलमा रहेका पाटेबाघ तस्करको निशानामा पर्ने गरेको खुलेको छ । सन् २०१८ देखि अहिलेसम्मको तथ्यांकलाई हेर्दा निकुञ्ज बाहिरका पाटेबाघ तस्करले मार्ने गरेको देखिएको पुष्टि भएको हो ।
यो अवधिमा बाँके राष्ट्रिय निकुञ्ज आसपासका जंगलमा तस्करले मात्र तीनवटा भाले पाटेबाघ मारेको देखिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बर्दियाका प्रमुख डा. रवीन कडरियाले बाँके निकुञ्ज बाहिरको क्षेत्रमा तीनवटा पाटेबाघ मारिएको जानकारी दिए । ‘दुईवटा पाटेबाघको छालासहित मान्छे नै प्रहरीले पक्राउ गरिसकेको देखिन्छ,’ उनले भने, ‘अर्को पाटेबाघ कम्दीको सामुदायिक वनमा मृत अवस्थामा फेला प¥यो ।’
‘प्रहरीले दाङमा बरामद गरेको छाला र बाँके निकुञ्जमा गणना गर्दाखेरि खिचिएका फोटोहरु भिडाउँदा यहीको नै रहेको देखिएको थियो,’ उनले भने, ‘पक्राउ परेकाहरुले समेत निकुञ्ज आसपासकै क्षेत्रबाट मारेको बताएका थिए । सोही आधारमा नै हामीले अनुसन्धान गरेका थियौं । बाँके निकुञ्जकै रहेको पाइयो ।’ उक्त भाले पाटेबाघ बाँके निकुञ्जको अन्दाजी ७-८ वर्षको रहेको अनुमान गरिएको छ । यता बाँकेको कुसुम क्षेत्रबाट बरामद भएको पाटेबाघ निकुञ्जमा गणना नभएको उनले बताए ।
‘पक्राउ परेकाबाट निकुञ्ज नजिकै रहेको राप्ती नदी पारिको क्षेत्रबाट छाला बरामद भएको थियो,’ उनले भने, ‘उक्त बाघ गणनामा समावेश नहुन पनि सक्छ ।’ सोबेला बाँके राष्ट्रिय निकुञ्जभित्रै पाटेबाघ मारिएको भन्दै माथिल्लो तहबाट नै अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट त्यतिबेला पाटेबाघको छाला निकुञ्जको पाटेबाघको नभएको पुष्टि भयो । दाङ र बाँकेबाट छाला बरामद भएका पाटेबाघहरु चोरी सिकारी गर्ने समूहले नै मारेको देखिएको डा. कडरियाले बताए ।
‘प्रहरीले मान्छेसहित छाला नै बरामद गरिसकेपछि चोरी सिकारीको समूहले नै मारेका हुन भन्ने पुष्टि भइसक्यो,’ उनले भने, ‘कम्दीको सामुदायिक वनमा फेला परेको पाटेबाघ चाहिँ स्थानीयले नै विष हालेर मारेका हुन सक्छन् ।’
यो अवधिमा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुईवटा, कैलालीमा एकवटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुईवटा पाटेबाघ मारिएका छन् । सबै घटनाहरु निकुञ्जको कोर एरियाभन्दा बाहिर रहेको भएको डा. कडरियाले जानकारी दिए ।
‘सन् २०१८ देखि हालसम्म बाँकेदेखि शुक्लाफाँटासम्म आठवटा बाघको मृत्यु भएको रेकर्ड छ, यो प्राकृतिक होइन कि चोरी सिकारी, प्रतिशोध वा अवैध व्यापारका कारणले मारिएको हो,’ उनले भने । मानव र वन्यजन्तुबीचको द्वन्द्वका कारण संरक्षणमा चुनौती देखिएको उनी बताउँछन् ।
बाँके र बर्दियामा बाघको घनत्वप्रति सय स्क्वाएर किलोमिटर बराबर झन्डै ६ वटा बाघ छन् । ‘जहाँ कि भारतका राष्ट्रिय निकुञ्जमा एक सय स्क्वायर किमीमा झन्डै १४ वटासम्म पनि बाघ छन्, हाम्रो यहाँ बाघको संख्या कम छ, तर पनि मानवसँग द्वन्द्व हुने गरेको छ,’ डा. कडरियाले भने ।
निकुञ्जभित्रका बाघहरु समेत सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा जाने भएकोले संरक्षणमा चुनौती थपिएको संरक्षणकर्मीहरु बताउँछन् । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले निकुञ्जको कोर क्षेत्रभित्र चोरी सिकारीको सम्भावना कम हुने बताए ।
‘निकुञ्जको कोर एरियामा चोरी सिकारी गर्न जान त्यति सहज नहोला,’ उनले भने, ‘बाहिर सामुदायिक वनमा भने पाटेबाघ सुरक्षामा चुनौती नै देखिन्छ ।’ पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा पाटेबाघ छन् ।
पाटेबाघको संख्या बढ्दै जाँदा संरक्षणमा समेत चुनौती देखिँदै जान थालेको बताइन्छ ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रभन्दा बाहिरका सामुदायिक वन क्षेत्रमा समेत पाटेबाघको देखिन थालेपछि संरक्षणमा चुनौती देखिएको हो । निकुञ्ज बाहिरको क्षेत्रमा चोरी सिकारीको लागि तस्करहरुको समूहलाई सहज हुने बताइन्छ ।
संरक्षणमा चुनौती
निकुञ्जभन्दा बाहिर रहेका पाटेबाघ चोरी सिकारी गर्ने समूहले मार्न थालेपछि संरक्षणमा चूनौती थपिएको छ । पाटेबाघको संख्या बढिरहेका बेला निकुञ्ज बाहिरको क्षेत्रमा सुरक्षा कमजोर हुँदा सिकारीहरु सहज भएको हो ।
सामुदायिक वन क्षेत्रमा कतिपय समयमा पाटेबाघले स्थानीयका घरपालुवा जनावरसमेत खाइदिने गरेको छ । लगातार पाटेबाघले घरपालुवा जनावर खान थालेपछि विष हालेर स्थानीयहरुले पाटेबाघलाई मार्ने गरिएको बताइन्छ । निकुञ्ज बाहिरको वन क्षेत्रमा सुरक्षा व्यवस्था कमजोर हुने र कतिपय अवस्थामा सुरक्षाकर्मीकै मिलोमतोमा अन्य जनावरको सिकार गरिने भएकोले चुनौती थपिएको हो ।
प्रहरीले पनि पाटेबाघलगायतका अन्य जनावरहरु तस्करलाई मार्न नदिनेभन्दा पनि मारेपछि आफैँ ग्राहक बनेर तस्करलाई नियन्त्रणमा लिने गर्दछ ।बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएका सबै सामुदायिक वनहरुमा पाटेबाघ रहेको अनुमान गरिन्छ ।
‘भारतका विभिन्न निकुञ्जसमेत जोडिएकोले अन्य सामुदायिक वनमा पाटेबाघ देखिनु सामान्य हो,’ एक संरक्षणकर्मीले भने, ‘तर त्यही वन क्षेत्रको सुरक्षा हेर्ने हो भने एकदमै कमजोर छ । यसले पाटेबाघ संरक्षणमा चुनौती देखिन्छ ।’
बर्दियामा चितुवा मृत फेला
बर्दियामा चितुवा मृत अवस्थामा फेला परेको छ । मधुवन नगरपालिका–५, को खैरेनी सामुदायिक वनमा वयस्क भाले चितुवा मृत अवस्थामा फेला परेको हो ।
प्रारम्भिक अनुसन्धानमा भाले चितुवाहरु एक आपसमा लड्दा मृत्यु भएको अनुमान गरिएको छ । मृत अवस्थामा फेला परेको चितुवाको ६ फिट ९ इन्च लम्बाई (टाउको देखि पुच्छरसम्म), उचाइ २ फिट ८ इन्च, गोलाई २ फिट ७ इन्च र करिब ६५ किलोग्राम तौल रहेको खाता सव–डिभिजन वन कार्यालय सानोश्रीका वन रक्षक राम थारुले जानकारी दिए । बुधबार बाख्रा गोठालाहरुले मृत चितुवा देखेपछि वन कार्यालयलाई खबर गरेका थिए ।
‘संरक्षणमा जागृति ल्याऔँ’
निकुञ्ज बाहिरका जंगल क्षेत्रमा पाटेबाघ देखिएकोले स्थानीयहरुमा संरक्षणसम्बन्धी सचेतना दिनुपर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष
(एनटीएनसी) बर्दिया प्रमुख डा. रवीन कडरियाले बताए । निकुञ्ज क्षेत्रभन्दा बाहिरसमेत अब मानव र वन्यजन्तुको द्वन्द्व बढ्दो क्रममा रहेको भन्दै स्थानीयहरुमा संरक्षणसम्बन्धी सचेतना दिनुपर्ने उनले बताएका हुन् ।
‘हेर्नूहोस् अहिले राप्तीपारि क्षेत्रमा पाटेबाघ देखिसकिएको छ,’ उनले भने, ‘निकुञ्जभन्दा टाढा रहे पनि पाटेबाघ देखिनु राम्रो हो । अब संरक्षणमा स्थानीयलाई जोड्नुपर्छ ।’
जंगलको राजा पाटेबाघको कुनै क्षेत्र नहुने भएकोले निकुञ्जभित्रका बाघहरु सामुदायिक तथा अन्य वन क्षेत्रमा समेत जानसक्ने डा. कडरिया बताउँछन् ।
‘पाटेबाघ बढ्दा संरक्षणमा हामीलाई चुनौती त थपिएको छ,’ उनले भने, ‘बाँकेमा मात्र होइन, बर्दियालगायतका निकुञ्ज क्षेत्रका जंगलमा पाटेबाघ पाइन थालिसकेका छन् ।’ मुख्य कुरा अब स्थानीयलाई बाघ तथा अन्य जनावर संरक्षणमा सचेतना जगाउनुपर्ने उनले दाबी गरे ।
‘निकुञ्जको कोर एरियामा प्राकृतिक कारणले पाटेबाघको मृत्यु भए पनि चोरी सिकारीका कारण पछिल्लो चार वर्षमा भएको पाइएको छैन,’ डा. कडरियाले भने ।
‘प्रतिशोधले मार्ने गरिन्छ’
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साह स्थानीयहरु प्रतिशोध राखेर पाटेबाघ मार्ने गरेको बताउँछन् । ‘केही घटनामा सामुदायिक वन क्षेत्रका स्थानीयहरुले प्रतिशोध राखेरसमेत पाटेबाघ मार्ने गरेको पाइन्छ,’ उनले भने, ‘कम्दीको सामुदायिक वनमा मृत फेला परेको बाघलाई समेत प्रतिशोध राखेर मारिएको अनुमान गरेका छौं ।’
उनका अनुसार खासगरि सामुदायिक वन क्षेत्रमा बाघले घरपालुवा जनावर खाइदिँदा स्थानीयले विष हालेर बाघ मार्ने गरेका छन् ।
‘कम्दीमा मृत फेला परेको बाघले केही दिन पहिलादेखि नै भैंसीहरु खाइदिएको पाइएको थियो,’ प्रमुख संरक्षण अधिकृत साहले भने, ‘त्यसैलाई प्रतिशोध राखेर स्थानीयले विष राखिदिए । त्यही जनावर खाएर बाघ म¥यो ।’ निकुञ्जको क्षेत्रभन्दा बाहिर पुगेका बाघ संरक्षणको लागि स्थानीयहरु नै लाग्नुपर्ने उनी बताउँछन् ।
‘निकुञ्जको जस्तो सुरक्षा व्यवस्था बाहिर पक्कै पनि हुँदैन,’ उनले भने, ‘त्यसैले बाहिरी क्षेत्रका जंगलमा पाटेबाघ तस्करबाट मारिने सम्भावना भए पनि सहज भने पक्कै हुँदैन ।’










प्रतिक्रिया दिनुहोस्