अनेमसंघ समाजवादीको कोहलपुर नगर भेला सम्पन्न



कोहलपुर  : नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीको कोहलपुर नगर भेला सम्पन्न भएको छ ।

बिहीबार कोहलपुरस्थित पार्टी कार्यालयमा नगर स्तरीय भेला तथा प्रशिक्षण सम्पन्न भएको हो ।

भेलाले भावना पाठकको अध्यक्षतामा ३१ सदस्यीय कोहलपुर नगर कमिटी गठन गरेको छ ।

कोहलपुर नगर भेलाले अध्यक्षसहित उपाध्यक्षहरुमा टीका नेपाली,सविना शाही सचिवमा शान्ता विष्ट, उपसचिवमा माया थारु र कोषाध्यक्षमा दिपा नेपालीलाई चयन गरिएको अखिल नेपाल महिला संघ (समाजबादी) बाँकेकी अध्यक्ष नारायणी ओलीले जानकारी दिइन् ।

उनका अनुसार कोहलपुर क्षेत्रका महिलाहरुको उत्साहपूर्व सहभागितामा नगर कमिटी गठन गरिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ पुस २९ गते बिहीबार