बाँसगढी ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले बाँसगढी क्षेत्रमा १० जना जुवाडेलाई पक्राउ गरेको छ ।
बाँसगढी नगरपालिका वडा नम्बर ७ स्थित दुलीचन थारुको घरको कोठामा हारजित हुनेगरि समूहमा जुवा खेलिरहेका १० जुवाडेलाई नगदसहित पक्राउ गरिएको हो ।
बाँसगढी नगरपालिका–७ बड्की देउडास्थित दुलीचन थारुको घरको कोठामा जुवा खेलीरहेको गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार एक लाख ८२ हजार चार सय ५० रुपैयाँसहित १० जना पक्राउ परेका छन् ।
कार्यालयका सूचना अधिकारीसमेत रहेका शाहीले ३४ वर्षीय घरमुली दुलीचन थारु, ३९ वर्षीय रामचन्द्र भनिने आइतवारी थारु, वडा नम्बर ९ का ४० वर्षीय श्यामप्रसाद थारु, ३५ वर्षीय रामकुमार थारु र ५० वर्षीय भागीराम कुमाललाई पक्राउ गरिएको जानकारी दिए ।
अन्य पक्राउ पर्नेहरुमा ३५ वर्षीय सिताराम थारु, ४३ वर्षीय उपेन्द्र खड्का, ४० वर्षीय मोहम्मद अली, वडा नम्बर ३ का २६ वर्षीय मनोजकुमार थारु र वडा नम्बर ५ बस्ने ४३ वर्षीय रविन्द्र सापकोटा रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्