नेपाली कांग्रेस बाँकेको अधिवेशन पुस २७ गते



नेपालगन्ज ।

नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशन पुस २७ गते हुने भएको छ । अधिवेशन हुन बाँकी रहेका बाँकेसहित १६ जिल्लामा पुस २७ गते अधिवेशन गर्ने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सोमबार निर्णय गरेको हो ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवम् वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले पुस २७ गते निर्वाचन तोकिएको बताए । ‘बाँकेसहित निर्वाचन हुन बाँकी रहेका सबै जिल्लाको निर्वाचन पुस २७ गतेका लागि तोकिएको छ,’ उनले भने ।

एकैदिन बाँके, चितवन, मकवानपुर, अछाम, कैलाली, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, नवलपुर र सिन्धुपाल्चोक जिल्ला नेतृत्वको लागि निर्वाचन हुनेछ ।

यसअघि विभिन्न प्रदेशको निर्वाचनका कारण जिल्ला तहको निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको थियो । निर्वाचन समितिका अनुसार यसअघि तोकिएका निर्वाचन अधिकृत नै अब हुने निर्वाचनमा खटिनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १३ गते मंगलबार