घोराही कारागारका नाइके यमराज परियार भगाउन दुई युवतीको प्रयोग



दाङ ।

घोराही कारागारका नाइके २८ वर्षीय यमराज परियारघोराही कारागारका नाइके २८ वर्षीय यमराज परियार प्रहरीको मोटरसाइकल लिएर फरार घोराही कारागारका नाइके २८ वर्षीय यमराज परियारलाई भगाउन युवतीको प्रयोग भएको पाइएको छ।

‘सिसी टिभी फुटेजले युवतीको संलग्नता पुष्टि भएको हो,’ एक प्रहरी अधिकारीले भने, ‘योजना अनुसार युवतीको प्रयोग गरि उसलाई भगाइएको स्पष्ट जस्तै भइसकेको छ।’

परियारलाई भगाउन भूमिका खेलेको भन्दै प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ। बिहीबार बिहान ११ बजेतिर कारागारबाट स्वास्थ्य उपचारका लागि भनेर प्रहरी जवान धनबहादुर चौधरीले आफ्नो लु १४ प ४१० नम्बरको मोटरसाइकलबाट कारागारका नाइके यमराज परियारलाई उपचार गर्न लगेका थिए।

चौधरीले परियारलाई सोझै अस्पताल नलगेर घोराहीस्थित प्याराडाइज होटेल एण्ड रेष्टुँरामा खाजा खान लगेका थिए। त्यसपछि एउटा रेष्टुँरामा नास्ता खाने क्रममा नाइके परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर फरार भएका थिए।

‘खाजा खाने क्रममा प्रहरी जवान चौधरीलाई युवतीसँग भुलाएर परियार भागेको देखिएको छ,’ ती प्रहरी अधिकारीले भने, ‘प्रहरीले सोमबार बेलुकासम्म घटनाबारे अध्ययनबाट प्राप्त विवरण सार्वजनिक गर्नसक्छ।’

कारागारका नाइके परियारलाई भगाउन युवतीको प्रयोग हुनुमा योजनाबद्ध रूपमा काम भएको अनुसन्धानमा खटिएका ती अधिकारीले दाबी गरे।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १२ गते सोमबार