कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रीकालीन कर्फ्यू लगाइने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले आजबाट कर्फ्यू लगाउने भएको हो ।
राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने भएको छ । भारतमा पछिल्लो २४ घन्टामा ७ हजारमा जना कोभिड संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ४२२ जनामा नयाँ भेरियन्ट देखिएको छ । नयाँ भेरियन्टका बिरामी र अधिकांश संक्रमित नयाँ दिल्लीमा देखिएका छन् । यसअघि उत्तर प्रदेशमा पनि रात्रीकालीन कर्फ्यू लगाइएको थियो ।
नयाँ दिल्लीबाहेक अन्य सहरहरुमा पनि विभिन्न प्रतिबन्ध लगाइएका छन् । अंग्रेजी नयाँ वर्षमा होटल, रेस्टुराँ, सांगीतिक क्लब लगायतका बढी भिडभाड हुने क्षेत्रहरुमा मानिसहरुको चहलपहल बढ्ने भएकाले विभिन्न राज्यमा निषेधाज्ञा र कर्फ्यू लगाइएको छ । एजेन्सी










प्रतिक्रिया दिनुहोस्