बाँकेको कोहलपुरमा रहेको छोटो दुरीको बसपार्कमा फेला परेका मृतक पुरुषको पहिचान खुल्न सकेको छैन ।
शुक्रबार राति कोहलपुर बसपार्कमा मृत अवस्थामा भेटिएका अन्दाजी ४० वर्षीय पुरुषको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
मृतकको पहिचान नखुलेकाले शवलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राखिएको कोहलपुर प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिए ।
स्थानीयका अनुसार मृतक पुरुष केही दिनयता बसपार्क क्षेत्रमा बस्दै आएका थिए ।
प्रकाशित मिति : २०७८ पुस ११ गते आइतबार










प्रतिक्रिया दिनुहोस्