नेपालगन्जको पुष्पलाल चोकमा ट्रकले किच्दा कालिकोटका हमालको मृत्यु



नेपालगन्ज ।

बाँकेको नेपालगन्जमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ ।

बुधबार साँझ पौने पाँच बजेको समयमा ना ६ ख २६२३ नम्वरको ट्रकले भे ७ प २७८१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा तिलागुफा गाउँपालिका–३ कालिकोटका २९ वर्षीय कुश हमालको मृत्यु भएको हो ।

कोहलपुरबाट धम्वोजीतर्फ आउँदै गरेको ट्रकले पुष्पलाल चोकदेखि बागेश्वरीतर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल चालक हमाल गम्भीर घाइते भएका थिए ।

उनको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ७ गते बुधबार