नेपाल भारत सीमा नाका जमुनाहाबाट प्रहरीले लागु औषध नाइट्रोभ्याटसहित एक जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले मंगलबार तीन सय ट्यावलेट नाइट्रोभ्याटसहित एक युवकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा शैलेशिखर नगरपालिका– ९ का १९ वर्षीय नरेन्द्र विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सीमावर्ती भारतीय बजार रुपैडिहाबाट आउँदै गर्दा शंका लागेर चेकजाँच गर्दा उनको साथबाट तीन सय ट्यावलेट नाइट्रोभ्याट फेला परेको थियो ।
पक्राउ परेका विष्टमाथि थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ पुस ७ गते बुधबार










प्रतिक्रिया दिनुहोस्