नेपालगन्ज : बाँक्लो हुस्सु÷कुहिरोका नेपालगन्ज विमानस्थलमा बिहानी सेवा उडान प्रभावित भएका छन् । आइतबार बिहानदैखि नेपालगन्जमा बाक्लो हुस्सु लागेका कारण ८–१० वटा उडान प्रभावित भएको नेपालगन्ज विमानस्थलले जनाएको छ । यद्यपी दुई बजेपछि भने नियमित उडान सुरु भएको थियो । नेपाल नागरिक उडड्यन प्राधिकरण नेपालगञ्जका प्रमुख सुभाष झाका अनुसार शनिवार रातीदेखिको बाक्लो हुस्सु र शितलहरका कारण आकाश नखुल्दा उडान र अवतरण अवरुद्ध भएका थिए । नेपालगन्ज विमानस्थलमा विहान साढे ६ बजेदेखि नियमिन उडान सुरु हुन्छ ।
आइतबार दिउँसोतिर विस्तार मौषम सफा हुँदैगएपछि २ बजेपछि उडान सुरु भएको झाले बताए । दिउँसो उडान सुरुभएपछि ६ वटा फलाइट भएको उनले जानकारी दिए । आइतबार जुम्ला र बाजुरा र नेपालगन्जदेखि काठमाडौं २÷२ वटा उडान गरिएको उनको भनाइ छ । नेपालगञ्ज विमानस्थलबाट काठमाण्डौका लागि १२ तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी जिल्लामा करिव २० वटा उडान हुँदै आएको छ । आइतबार बाक्लो हुस्सुका कारण नेपालगन्ज–पोखरा उडान भने भएको कार्यालय प्रमुख झाले बताए । सामान्यतया उडान अवतरणका लागि १ हजार ६ सय मिटर भिजिविलिटी आवश्यक पर्छ ।
‘जाडोयाम सुरु भएपछि हवाइ सेवा अवरुद्ध भएको यो तेस्रो पटक हो । यसअघि मंसिरको अन्तिम साता दुई दिन उडान प्रभावित भएको थियो । मिसन टुडे दैनिकसँग कुराकानी गर्दै झाले भने, ‘ शनिबार रातिदेखि नै बाक्लो हुस्सु लागेका कारण आइतबार पनि आठ घण्टा उडान प्रभावित भयो । मौषम सामान्यपछि फेरि खुल्यो ।’
इता जल तथा मौषम कार्यालय कोहलपुर सोमबार पनि बिहान बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेको जनाएको छ । पश्चिमी क्षेत्रबाट बाक्लो हुस्सु सक्रिय भएका कारण नेपालको पश्चिम तथा पहाडि जिल्लामा मौषम परिपवर्तन हुनुका साथै चिसो समेत बढेको छ । कार्यालय प्रमुख विनोद पराजुलीका अनुसार बिहानतिर निकै बाक्लो लाग्ने र विस्तारै सामान्य हुँदै जाने पुर्वानुमान गरिएको छ । आज दिन मौषम बदली हुने र साँझदेखि विस्तारै सफा हुँदै जाने उनले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्