खुकुरी बोक्ने त्रिभुवन मावि कोहलपुरका चार विद्यार्थी निष्कासित



कोहलपुर ।

त्रिभुवन नमुना मावि कोहलपुरले विद्यालयमा अध्ययनरत चार छात्रलाई विद्यालयबाट निष्कासित गरेको छ । विद्यालयमा समूह बनाएर झैझगडा गर्ने, रडले शिक्षकमाथि नै कुटपिट गर्ने र खुकुरी बोकेर त्रास फैलाउने चारजना छात्रलाई विद्यालयबाटै निष्कासित गरिएको हो ।

मंगलबार बसेको विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरुको संयुक्त बैठकले चारजनालाई विद्यालयबाटै निस्काशन गर्ने निर्णय गरेको प्रधानाध्यापक देवका बस्नेत थापा बताउँछिन् ।

उनका अनुसार विद्यालयमा हिंसा मच्चाउने, विद्यार्थीहरुको अनुशासनभन्दा बाहिर रहेर अपराधिक गतिविधि संलग्नहरुलाई कारबाही गरिएको हो ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १ गते बिहीबार