फोनिज बाँकेमा भगतराम



कोहलपुर ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँके शाखाको अध्यक्षमा भगतराम थारु निर्विरोध चयन भएका छन् । शनिबार बाँकेको नेपालगन्जमा सम्पन्न भएको शाखाको छैठौं अधिवेशनले थारुको अध्यक्षतामा १० सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा सोम गुरुङ, सचिवमा लक्ष्मी चौधरी, सह–सचिवमा सुमन श्रेष्ठ र कोषाध्यक्षमा दिपक राई रहेका छन् । त्यसैगरी सदस्यहरुमा अशोक थापा, सुबिता थारु, रुपा चौधरी, सुषमा श्रेष्ठ, मस्तीराम चौधरी निर्विरोध चयन भएका थिए । १३ सदस्यीय कार्यसमितिमध्ये हाल १० जना निर्विरोध चयन भएको र तीन जना सदस्यहरु पछि थप गरिने अध्यक्ष थारुले जानकारी दिए ।

त्यसैगरी, अधिवेशनले विधान अनुसार ८ जना सदस्यलाई प्रदेश महाधिवेशन र ५ जना सदस्यलाई संघीय महाधिवेशन प्रतिनिधिमा चयन गरेको थियो । फोनिजले शनिबार देशैभरका जिल्ला शाखाहरुमा, पुस २४ गते प्रदेश महाधिवेशन र माघको ७ र ८ गते संघीय महाधिवेशन गर्ने यसअघि नै निर्णय गरेको गरिसकेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २६ गते आइतबार