कृषि ज्ञान केन्द्र बाँकेले धान बिक्रीका लागि कुपन वितरणमा ढिलाइ गरेपछि किसानहरुले गेड तोडफोड गरेका छन् । कार्यालय खुला हुने समय १०ः०० बजिसक्दा पनि कुपन वितरण नहुँदा किसानहरु गेट तोडफोड गरेर कार्यालयभित्र प्रवेश गरेका थिए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय नेपालगन्जले कृषि ज्ञान केन्द्रको सिफारिस ल्याएपछि मात्र धान खरिद गर्ने नियम बनाएपछि किसानहरु सिफारिस लिन पुगेका थिए ।
समयमै कुपन नपाएपछि आक्रोस भीडमा गेड तोडफोड गरेको किसानहरुको भनाइ छ । किसानको भीडलाई हेर्दा कृषि ज्ञान केन्द्र कार्यालय परिसर र बाहिर सडकमा मेलाजस्तो देखिन्थ्यो ।
किसानहरुले विवाद गरेपछि प्रहरी परिचालन गरेर स्थिति सामान्यकरण पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० मधुसुदन न्यौपानेले जानकारी दिए ।
‘कुपन वितरण गर्ने क्रममा भीड धेरै भएकोले समस्या देखिएको रहेछ,’ उनले भने, ‘खबर आएपछि भीडलाई नियन्त्रण गर्नको लागि प्रहरी नै परिचालन गर्नुप¥यो । प्रहरी समयमै पुगेकाले गेटबाहेक अन्य संरचनामा क्षति पुग्न पाएन ।’ विवादले ठूलो रुप लिन थालेपछि कार्यालय परिसरमा ५० बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्