खजुरा यौन काण्डः गाउँपालिकाभन्दा बाहिरको विषय होः उपाध्यक्ष विक



खजुरा ।

महिला कर्मचारीलाई गाउँपालिकाकै उच्च तहका कर्मचारीले यौन दुव्र्यवहार गरेको विषयलाई गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले गैरजिम्मेवारी पूर्ण प्रतिक्रिया दिएकी छिन् ।

गाउँपालिकाकै उच्च तहका कर्मचारीलाई यौन दुव्र्यवहारको आरोप लाग्दासमेत उनले यो विषय गाउँपालिकाको सरोकारको विषय नभएको प्रतिक्रिया दिएकी छिन् ।

यो विषय गाउँपालिकाभन्दा बाहिर पीडित र पीडक भनिएकाहरुको निजी भएको उनको भनाइ छ । ‘घटना गाउँपालिकामा भएको होइन्,’ उनले मिसन टुडेसँग भनिन्, ‘त्यसैले यो उहाँको निजी कुरा हो । गाउँपालिकासँग ठोकिँदैन ।’ उनको यो भनाइले यस्ता घटनालाई प्रश्रय दिएको कतिपयको भनाइ छ ।

आउँदा दिनमा यस्ता घटना दोहरिन नदिन गाउँपालिकाले आन्तरिक अनुसन्धान गरी दोषीलाई कारबाही गरेको भए गाउँपालिकामा यस्ता घटना पुनः दोहोरिन नपाउने महिला अधिकारकर्मीहरुको भनाइ रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २४ गते शुक्रबार