बर्दियामा यात्रुबाहक बस दुर्घटना, ९ जना घाइते



बर्दिया ।

बर्दियामा यात्रुबाहक बस दुर्घटना हुदा ९ जना घाइते भएका छन ।

पुर्ब पश्चिम् राज मार्ग अन्तर्गत बर्दियाको बारबर्दिया नगर पालिका वाड नम्बर ८ औरि स्थित बिहान करिब ५ः३० बजे नारायणगढ देखि महेन्द्रनगर जाँदै गरेको ना ५ ख ८९४९ नम्बरको बस दुर्घटना भएको छ ।

दुर्घटनामा परि घाइतेहुनेहरुमा, रामचन्द्र लामिछाने (काभ्रे), मनकला खनाल पुजारा(कंचनपुर), केसब सिंह ऐर(कंचनपुर ), तपेन्द्र कठाएत(कैलाली ), खेमराज सापकोटा (कैलाली ), जितेन्द्र कुमाल(हरीयाणा स्टेसन, पानी पथ ठाना), अनिता दाहाल(कैलाली ) लागाएत को पहिचान भैसकेको छ भने बाँकी २ जनाको अझै पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भइरहेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर १३ गते सोमबार