कोहलपुर ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर १ मा भएको निर्वाचनको मत गणना सुरु भए संगै ५० मतको परिणाम आएको छ । क्षेत्र नम्बर १ का मतदान अधिकृत मेहरसिंह खत्रीका अनुसार ५० मत गणना गर्दा सभापतिका उम्मेदवार पोषण केसीले ३२ र माधवराम खत्री९ढकाल० ले १७ मत ल्याएका छन ।
यस्तै सचिवमा खुम बहादुर बस्नेतले ३२, जयश्वर पौडेलले १८, बजारु थारुले १५ र लालबहादुर रानाले २८ मत ल्याएका छन । यस्तै सहसचिवमा दीपेन्द्र उप्रेतीले २२, देव नारायण काफ्लेले ३०, रामबहादुर रावतले २८ र हरिशंकर पाण्डेले १६ मत प्राप्त गरेका छन । गणनाका क्रममा एउटा मतपत्र खाली फेला परेको छ ।
यसअघि बिहीबार बेलुका भएको सहमती अनुसार शुक्रबार बिहान ८ बजेबाट मत गणना सुरु गर्ने भनिएको थियो । तर, मत गणनाको तयारी गर्दा गर्दै ढिलोगरी सुरु भएको खत्रीले बताए ।
क्षेत्रीय कार्यसमिति पदाधिकारी र महाधिवेशन प्रतिनिधी चयनका लागि बिहीबार मतदान गराइएको थियो । कुल ६ सय ५ जना मतदाता रहेको उक्त क्षेत्रमा ६ सय १ मत खसेको थियो ।









प्रतिक्रिया दिनुहोस्