बाँकेको प्रतिनिधी सभा क्षेत्रमा कांग्रेस उम्मेदवारको आज मनोनयन



नेपालगन्ज ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको ३ वटै प्रतिनिधी सभा क्षेत्रमा बुधबार(आज) निर्वाचन कार्यक्रम सुरु भएको छ ।

बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा बुधबार बिहान १० बजेबाट एकैसाथ मतदाता नामावली प्रकाशन, उम्मेदवारी मनोनयन लगायत निर्वाचन कार्यक्रम सुरु भएको जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले जानकारी दिए । उनका अनुसार उम्मेदवारी मनोनयन पश्चात तीन वटै क्षेत्रमा बिहीबार(भोली) मतदान सम्पन्न गरिनेछ ।

निर्वाचनका लागि तीन वटै क्षेत्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत खटिसकेको सहायक जिल्ला निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार क्षेत्र नम्बर १ को कोहलपुरस्थित भेरी सितभण्डार, क्षेत्र नम्बर २ को नेपाली कांग्रेस पार्टी कार्यालय र क्षेत्र नम्बर ३ का खजुरास्थित कपास विकास समितिको हलमा निर्वाचन कार्यक्रम सुरु भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ८ गते बुधबार