बाँके क्षेत्र नम्बर १ मा संस्थापन इतरबाट पोषणको उम्मेदवारी घोषणा



कोहलपुर ।

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा युवा नेता पोषण केसीले उम्मेदवारी घोषणा गरेका छन् ।

कोहलपुर मंगलबार एक कार्यक्रम गरेर संस्थापन इतर समूहले क्षेत्रीय सभापतिमा केसीलाई अगाडि सारेको हो ।

मंसिर ९ गते हुने संघीय क्षेत्रीय अधिवेशनका लागि संस्थापन इतर समूहबाट केसीले उम्मेदवारी दिने भएका हुन् । लामो समय पत्रकारिता गरेका केसी पत्रकारितालाई विट मार्दै नेपाली कांग्रेसको पूर्णकालीन राजनीतिमा होमिएका हुन् ।

उनको प्रतिष्पर्धा अहिलेका क्षेत्रीय सभापति संस्थापन समूहका माधवराम खत्रीसँग हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ७ गते मंगलबार