नेकपा माओवादी केन्द्रको कोहलपुर नगरपालिका अन्र्तगत १५ मध्ये १३ वडामा वडा सम्मेलन सम्पन्न भएको छ । ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने मूल नाराका साथ नगरका १३ वटा वडामा सम्मेलन शनिबार सकिएको हो ।
जस अन्र्तगत कोहलपुर नगरपालिका वडा– १ को अध्यक्षमा अम्मर चन्द, उपाध्यक्षमा महेन्द्र बहादुर परियार, सचिवमा जगत बहादुर आले, सह–सचिवमा खगेन्द्र ओली र कोषाध्यक्षमा भिमा सुनार लगायत २५ सदस्यीय समिति सर्वसम्मत चयन भएको थियो । वडा नम्बर– २ मा अम्बर बहादर विकको अध्यक्षतामा २६ सदस्यीय वडा समिती गठन गरिएको छ । जसको उपाध्यक्षमा भुपेन्द्र वली, सचिवमा उमेश विक , कोषाध्यक्षमा प्रमिला खत्री र सह–सचिवमा खेम राज बुढा क्षेत्री रहेका छन् ।
वडा नम्बर– ३ को अध्यक्षमा प्रभा बुढा, उपाध्यक्षमा भुपेन्द्र पौडेल, सचिवमा कृष्ण चौलागाई, सह–सचिवमा नारायण भुषाल र कोषाध्यक्षमा सर्प राज तिरवा लगायत २४ सदस्यीय समिती गठन गरिएको थियो । वडा नम्बर– ४ को अध्यक्षमा नरेश अर्याल सर्वसम्मत भएका थिए ।
त्यहाँ उपाध्यक्षमा दुखु थारु, सचिवमा नैनुल अब्दुल जाँगा, सह–सचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा रुबिया हलुवाई चयन भएको माओवादी केन्द्र कोहलपुरले जनाएको छ । वडा नम्बर– ५ को अध्यक्षमा भुपराज भण्डारी रहेका छन् । वडा नम्बर– ६ को अध्यक्षमा राम शरण चौधरी, उपाध्यक्षमा तिलक लामिछाने, सचिवमा राम प्रसाद थारु, सह–सचिवमा उषा बिसी रिजाल र कोषाध्यक्षमा एलिना थापा लगायत १९ सदस्यीय समिती गठन गरिएको थियो ।
वडा नम्बर– ९ मा अध्यक्षमा ओपेन्द्र नाथ योगी, उपाध्यक्षमा सर्जु प्रसाद थारु, सचिवमा नरेन्द्र हरिजन, सह–सचिव नाकी शाई, कोषाध्यक्ष निरु सुनार लगायत २८ सदस्य कमिटी गठन गरिएको छ । वडा नम्बर– १० को अध्यक्षमा भुपेन्द्र सुनार चयन भएको बताइएको छ । सुनारको अध्यक्षमा २१ सदस्यीय नयाँ कार्य समिती चयन भएको हो ।
जसको उपाध्यक्षमा पद्मा पौडेल, सचिवमा तेज बहादुर बस्नेत, सह– सचिवमा सन्दीप थारु र कोषाध्यक्षमा पबित्रा घर्ति मगर लगायत रहेका छन् । वडा नम्बर– ११ को अध्यक्षमा रेशमलाल सापकोटा, उपाध्यक्षमा गणेश शाही, सचिवमा तिलक थापा लगायत २५ सदस्यीय समिती गठन गरिएको थियो ।
कोहलपुर नगर पालिका वडा नम्बर १२ को अध्यक्षमा निरक शाही, उपाध्यक्षमा दुर्गा तारम मगर, सचिवमा गंगा डाँगी, सह–सचिवमा धन सिंह लोहार, कोषाध्यक्ष मोहन बस्नेत लगायत १८ सदस्यीय समिती गठन गरिएको छ ।
कोहलपुर वडा नम्बर– १३ को अध्यक्षमा मान बहादुर खड्का, उपाध्यक्षमा कुल बहादुर घर्ति, सचिवमा चन्द्र किरण गिरी, सह–सचिव धन बहादुर रोका, कोषाध्यक्षमा खिम सरी घर्तीसहित २५ सदस्यीय समिती निर्माण गरिएको माओवादी केन्द्र कोहलपुरले जनाएको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर– १४ मा बासु शर्मा अध्यक्ष, उपाध्यक्षमा महेन्द्र खत्री, सचिवमा भबिश्वर राना, सह–सचिव दिपक थापा क्षेत्री कोषाध्यक्ष लक्ष्मी कार्की कुँवर लगायत २५ सदस्य समिती गठन गरिएको छ । नगर सम्मेलन उद्धघाटन कार्यक्रममा माओवादी केन्द्रका नेताहरुले माओवादी पार्टी पुर्नगठन गरि पहिलो र क्रान्तिकारी पार्टी निर्माण अभियान सुरु भएको कुरामा जोड दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्