रोल्पामा बस दुर्घटना हुदाँ चार जनाको मृत्यु



शिवु खनाल । दाङ ।

रोल्पामा बस दुर्घटनामा हुदा चारजनाको मृत्यु भएको छ । दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको यात्रु बाहक बस रोल्पामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

बस शहिदमार्ग अन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता इन्सपेक्टर कृष्ण रानाले जानकारी दिएका छन् ।

बसमा सवार १० जना रहेको अनुमान गरिएको छ । प्रहरीका अनुसार बस सडकदेखि १०० फिट तल खसेको छ । दुर्घटना बारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २ गते बिहीबार