नेपालगन्ज ।
बाँकेका चार पालिकामा भने निर्विरोध सभापति चयन भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी कांग्रेस बाँकेको पालिका अधिवेशनबाट खुजुरा, डुडुवा, जानकी र नरैनापुर गाउँपालिकाका सभापतिहरु निर्विरोध चयन भएका हुन् ।
बुधबार भएको मनोनयन दर्तामा एकजनाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध नेतृत्व चयन भएको सम्बन्धित पालिकाका निर्वाचन समितिहरुले जनाएका छन् । खजुरा गाउँपालिकाको सभापतिमा रमेश सिंजाली निर्विरोध चयन भए । राजकिशोर महताराले दाबी छोडेपछि सिंजाली निर्विरोध सभापतिमा चयन भएका हुन् । उनी पार्टीभित्र संस्थापन समूहका रहेका छन् ।
जानकी गाउँपालिकाको सभापतिमा दयाराम यादव निर्विरोध निर्वाचित भएको पालिका निर्वाचन समितिले जनाएको छ । मनोनयनमा सभापतिमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए । यसैगरी डुडुवा गाउँपालिकाको सभापतिमा विजय कुमार यादव निर्विरोध निर्वाचित भएका थिए ।
मनोनयनमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्वाचित भएको पालिका निर्वाचन समितिले जनाएको छ । उनी पार्टीभित्र संस्थापन इतर समूहका रहेका छन् । पालिका अन्य केही पदहरुमा समेत निर्विरोध भएपनि सबै तथ्यांकहरु प्राप्त नभएको नेपाली कांग्रेस १४ औं महाधिवेशन जिल्ला निर्वाचन परिचालन समिति, बाँकेले जनाएको छ ।
नरैनापुर गाउँपालिकाको सभापतिमा मेराज अहमद खाँ निर्विरोध चयन भएका छन् । अरु कसैले पनि उम्मेदवारी नदिएपछि खाँ निर्विरोध सभापति भएका हुन् ।
संस्थापन इतरका खाँसहित कार्यसमिति सबै निर्विरोध भएको नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर– १ का सचिव डिल्ली गिरीले जानकारी दिए । ३० सदस्यीय कार्यसमितिमा २÷४ जना सदस्य बाहेक पूरै संस्थापन इतरका उम्मेदवारहरु सर्वसम्मत भएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्