30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

नेपालगन्जमा बन्द गराउँदै हिड्ने नेकपाका नेता पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक ३०, २०७८  

नेपालगन्ज ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दको प्रभाव बाँकेमा बिहानैदेखि परेको छ ।

पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दवाव दिन नेकपाले आज बन्द आह्वान गरेको थियो । नेपालगन्जमा यातायात बन्द गराउँदै हिडेका नेकपाका एक नेता पक्राउ परेका छन् ।

नेपालगञ्जको औद्योगिक क्षेत्र अगाडीबाट एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नेकपाका कार्यकर्ताहरु बिहानै औद्योगिक क्षेत्र अगाडी बसेर सडकमा गुडिरहेका ई–रिक्सा र मोटरसाइकलका साँचोहरु जबर्जस्ति निकालेर यात्रुहरुलाई दुःख दिने गरेको पाइएकाले एकजना बन्दकर्तालाई नियन्त्रणमा प्रहरीले लिएको हो ।

बाँकेमा लामो दुरी र छिटो दुरीका सार्वजनिक सवारी साधनहरु गुडेको देखिदैन भने निजी सवारी साधनहरु छिट्फुट रुपमा चलेका छन् । ई–रिक्सा र मोटरसाइकलहरु पनि कमै मात्रामा चलेका छन् । त्यसैगरी, बिद्यालय बन्द रहेका छन भने बजार आंशिक रुपमा खुलेको देखिन्छ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक ३०, २०७८     11:01:44 AM  |