‘मजदुरको आधार स्तम्भ माओवादी’



कोहलपुर ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले श्रमजिवी मजदुरहरु कम्युनिष्ट पार्टीको आधार स्तम्भ भएको बताएका छन् । अखिल नेपाल निर्माण मजदुर संघ कोहलपुरको दोस्रो सम्मेलनको उद्धघाटन सत्रमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले माओवादी पार्टीले नेपालमा मजदुरहरुको सेवा सुविधा बृद्धिका लागि संगठित हुन र संघर्ष गर्न सिकाएको बताउँदै संगठिन आवाजले मात्रै मजदुरहरुको हित संरक्षण हुने दाबी गरे ।

उनले माओवादी पार्टी सरकारमा भएका बेला राज्यकातर्फबाट न्युनतम तलव तोकिएको महिला र पुरुष मजदुरमा हुने बिभेद रोक्न ठोस निती बनाईएको जानकारी दिए ।

हाल पनि विभिन्न क्षेत्रमा ठूलो संख्यामा असंगठित मजदुरहरु रहेको बताउँदै संगठिन हुँदै आफ्नो अघिकारका लागि संघर्ष गर्नुपर्नेमा उनले जोड दिएका थिए । कार्यक्रममा बोल्दै अखिल नेपाल ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष एंव माओवादी केन्द्र कोहलपुरका सचिव दान बहादुर वली ‘निर्माण’ले माओवादी आन्दोलनले मात्रै मजदुरहरुको हित गर्ने बताए ।

उनले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु पनि अनिवार्य संगठित हुनु पर्ने बताए । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासघ बाँके अध्यक्ष बसन्त मल्ल, सचिव राज कुमार बिसी लगायतले बोलेका थिए ।

भेलाले तेज राम बर्माको अध्यक्षता १९ सदस्यीय नगर समिती गठन गरेको थियो । जसको उपाध्यक्षमा मनिशा थारु, राम कुमार हरिजन, सचिवमा किसन कुमार थारु, सह–सचिवमा काली मैया थारु र कोषाध्यक्षमा राम प्रसाद थारु लगायत रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २९ गते सोमबार