आठ सयमै प्रति क्विन्टल धान बेच्न बाध्य



नेपालगन्ज ।

डुडुवा गाउँपालिका वडा नम्बर– ६ हिरमिनियाका किसान अशोक कुमार थापाले यसपाली धान प्रति क्विन्टल आठ सय रुपैयाँमा विक्रि गरेका छन् ।

स्थानिय व्यापारीले तीन पटक घरमा आएर पनि धानको मूल्य छैन भन्दै आठ सयका दरले खरिद गरेर लगेको किसान उनले जानकारी दिए । थापाले केही दिनअघि मात्र स्थानीय व्यापारीलाई चार क्विन्टल धान आठ सय रुपैयाँको दरले विक्री गरेका हुन् ।

‘धान भिजेर कालो देखिएकाले उचित मूल्य दिन नमिल्ने व्यापारीले बताएपछि सस्तो मूल्यमै भएपनि धान विक्रि गर्न बाध्य भए’ उनले मिसन टुडेसँग भने । डुडुवाका अधिकांश किसानले धानको उचित मूल्य नपाएको उनी बताउँछन् ।

उनीहरुले एक नम्बरको धानको मूल्य पनि १८ सय भन्दा बढी पाएका छैनन् । बाँके जिल्लाको हकमा डुडुवाका किसानको मात्र नभएर जिल्लाभरीकै किसानको समस्या उस्तै छ । उत्पादन भएको धानले लगानी त के बीउ जोहो गर्न समेत मुस्किल परिरहेको छ किसानलाई ।

बैजानाथ गाउँपालिका वडा नम्बर– १ का टेक बहादुर केसीले मोटो धान टे«क्टरमा राखेर नेपालगन्जमा भएको घर अगाडि राखेका छन् ।

‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान कहिले खरिद गर्ला भनेर टे«क्टरमा लोड गरेर राखेको धान त्यसै थन्कीएको छ’, उनले भने, ‘२८/३० क्विन्टल धान विक्रिका लागी राखेको यता व्यापारीले उचित मूल्य नदिदाँ खाद्य कम्पनीले खरिद गर्ला र विक्रि गरौला भनेर कुरेको छु ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी कहिले पनि किसानमुखी बन्न नसकेको उनले गूनासो गरे ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २९ गते सोमबार