कर्णाली प्रदेशको वीरेन्द्रनगरमा पशु प्राविधिकहरुलाई पशुपन्छी रोगनिदान तथा प्रयोगशाला प्रविधि तालिम दिन सुरु गरिएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरि तालिमको शुभारम्भ गरिएको थियो ।
लुम्बिनी प्रदेश अन्तरर्गत रहेको पशु सेवा तालिम केन्द्र नेपालगन्जको आयोजनामा सुरु गरिएको तालिम २ हप्ता सम्म सञ्चालन गरिने तालिम संयोजक भोज बहादुर रावलले बताए ।
हप्तासम्म सञ्चालन हुने सहायक स्तर पशुपन्छी रोगनिदान तथा प्रयोगशाला प्रविधि तालिम पशुपन्छी रोग अन्बेशण प्रयोगशाला सुर्खेतमा भइरहेको छ । पशु सेवा तालिम केन्द्र बाँकेका कार्यालय प्रमुख डा. टेकनाथ आचार्यले तालिममा लुम्बिनी प्रदेशका ८ वटा जिल्लाका १० जना सहायक स्तर पशु प्राविधिकहरुको सहभागिता रहेको जानकारी दिए ।
तालिममा समन्वय तथा प्राविधिक सहयोग पशुपन्छी रोग अन्बेशण प्रयोगशाला सुर्खेतले गरेको उनले बताए । उद्घाटन समारोहमा बोल्दै पशुपन्छी रोग अन्बेशण प्रयोगशालाका प्रमुख वरिष्ठ पशु चिकित्सक कृष्णराज पाण्डेले तालिममा सिकेका कुराहरु फिल्डमा गएर लागू गर्नुपर्नेमा जोड दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्