कोहलपुर ।
जिल्ला प्रहरी कार्यालय बाँकेले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका वडा नम्बर– ६ का ४२ वर्षीय नर बहादुर ओली रहेको छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेले घरमा नै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।
बाँके जिल्ला अदालतले ओलीलाई रेड पाण्डा ओसार पसार मुद्दामा ५ वर्ष ५ महिला १४ दिन कैद तोकेको छ । २०७७ असोज २ गते अदालतले रेड पाण्डा ओसार पसार मुद्दामा ओलीलाई कैद फैसला सुनाएको थियो ।
सोही बेलादेखि नै फरार रहेका प्रतिवादी ओलीलाई पक्राउ गरिएको डीएसपी न्यौपानेले जानकारी दिए । पक्राउ परेका ओलीलाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रकाशित मिति : २०७८ कात्तिक १५ गते सोमबार









प्रतिक्रिया दिनुहोस्