बाँके प्रहरीले समात्यो करिब डेढ लाखको अवैध सामान



नेपालगन्ज ।

जिल्ला प्रहरी कार्यालय बाँकेले करिब डेढ लाख रुपैयाँ बराबरको अवैध सामानहरु नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको उक्त सामान प्रहरीले नेपालगन्ज– १५ बाट आइतबार बिहान बरामद गरेको हो ।

भन्सार छली गरेर ल्याएका सामानहरुमा लत्ता कपडा, हाडर्वयर, विद्युतिय सामान, खसी लगायतका विभिन्न सामान र भारत तर्फ लैजादै गरेको अबैध सुपारी गरी कुल जम्मा अन्दाजी मुल्य १ लाख २६ हजार ४५० रुपैयाँ बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगन्ज पठाईएको बाँके प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक १४ गते आइतबार