खड्गवारमा प्रेस चौतारी बाँकेको भेला



कोहलपुर ।

नेपाल प्रेस चौतारीको एक दिने भेला कोहलपुर–१३ स्थित खड्गवारमा सम्पन्न भएको छ । पर्या पर्यटन प्रवद्र्धनका लागि संचारकर्मीको भूमिका सम्बन्धी एक दिने अन्तक्रियासहितको भेला शनिबार सम्पन्न भएको हो ।

विजयादशमी, दिपावली एवम् छठ पर्व, नेपाल सम्वत र मोहर्म पर्वको अवसर पारेर शुभकामना आदान प्रदान तथा अन्तक्रिया कार्यक्रम गरीएको हो । बाँकेको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बाँकेको खड्गवारमा अन्तरक्रिया गरिएको प्रेस चौतारी बाँकेले जनाएको छ ।

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले राजनीतिक नेतृत्व सुधारका लागि पत्रकारको कलम चल्नुपर्नेमा जोड दिए ।

नेपालमा राजनीतिक नेतृत्वदेखि अन्य बौद्धिक क्षेत्रहरु भड्किरहेको अवस्थामा पत्रकारले आफ्नो कलममार्फत सही ट्रयाकमा ल्याउन आवश्यक रहेको उनको भनाइ थियो ।

भेलाका क्रममा खड्गवार घोषणापत्र पनि जारी गरिएको छ । कार्यक्रममा प्रेस चौतारीमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक १४ गते आइतबार