सुनको मूल्य तोलामा ४ सयले बढ्यो



काठमाठौं ।

साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ। आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको छ।

शुक्रबार सुनको मूल्य ९१ हजार ७ सय रुपैयाँ कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ। शुक्रबार १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि १२ सय ६० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक ७ गते आइतबार