भेरी अस्पतालका डाक्टर पारस श्रेष्ठ सम्मानित



कोहलपुर ।

जाजरकोटी सेवा समाज बाँकेले दुई स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ ।

बिहीबार नेपालगन्जमा सम्पन्न हाम्रो जाजरकोट र हामी चासो र चिन्ता एंव दसै तिहार शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा भेरी अस्पतालमा कार्यरत डाक्टर पारस श्रेष्ठलाई सम्मान गरिएको हो ।

अस्पतालका फिजिसियन तथा डायलासिस विभागीय प्रमुख समेत रहेका श्रेष्ठलाई कोभिड–१९ को जोमिखपूर्ण अवस्थामा पनि उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै समाजले दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरेको थियो ।

उनीसहित भेरी अस्पताल मै कार्यरत स्त्रीरोग विशेषज्ञ डाक्टर कुमारसान शाह समेत सम्मानित भएका छन् ।

आफूले गरेको कामको योगदानको कदर गर्दै सम्मानित गरेको प्रति डा. श्रेष्ठले पेशामा थप जिम्मेवारीपूर्वक रुपमा लाग्न प्रेरित गरेको प्रतिक्रिया दिए । यता जाजरकोटी सेवा समाज बाँकेका अध्यक्ष किशोर कृष्ण भण्डारीका अनुसार बाँके जिल्लामा कर्मथलो बनाएका राष्ट्रसेवक कर्मचारी, वित्तिय क्षेत्र, उद्योगी व्यापारी, राजनितिज्ञ, प्राज्ञिक क्षेत्रका व्यक्ति लगायतको जमघट गरी शुभकामना आदान प्रदान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक ६ गते शनिबार