कोहलपुर : बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ सुतैयाँमा एक महिलाको मृत्यु भएको छ । बारीमा बोडि टिप्न गएकी महिलाको करेन्ट लागेर ज्यान गएको हो । बर्दिया घर भएकी इन्द्रमाया देवी कवरको करेन्ट लागेर मृत्यु भएको हो ।
उनी बैजनाथस्थित छोरीको घरमा बस्दै आएकी थिइन् । आइतबार देखि लगातार परेका पानीका कारण विद्युतका पोल ढल्नुका साथै करेन्ट प्रवाह भइरहेका तार भुईमा लर्तिएका थिए ।
कोहलपुरस्थित विद्युत प्राधिकरणकाके चरम लापरबाहीका कारण महिलाको ज्यान गएको भन्दै आफन्तले अहिले उक्त क्षेत्रमा सवारी चल्न दिएका छैनन् । कोहलपुर देखि करिव ४ किलोमिटर त्तरमा रहेको बानियभार, सुर्खेत रोडमा स्थानीय वासिन्दाले अहिले सडकमा चक्काजाम गरिरहेका छन् ।
विद्युत प्राधिकरणको लापरवाही गरी अटेरी गरेका कारण मानिसले ज्यान गुमाउनु गरेको मृतकका आफन्तको आरोप छ । कोहलपुर क्षेत्रमा वर्षेनी करेन्ट लागेर मानिसहरुले ज्यान गुमाइरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्