कर्णाली प्रदेशमा बुधबार सार्वजनिक बिदा



कर्णाली प्रदेशमा कार्तिक ३ गते बुधबार सार्वजनिक विदा दिइने भएको छ।

कोजाग्रत पूर्णिमाको दिन कर्णाली प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक विदा दिने निर्णय गरेको हो।

उक्त दिन प्रदेशमा रहेका सबै सरकारी कार्यालय, सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैँक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक विदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत रोशनबहादुर शाहीले जानकारी दिनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक १ गते सोमबार