काठमाडौं । साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपाललाई प्रधानन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् ।
नेपालले बुधबार भएको खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेका थियो । खेलको आठौं मिनेटमा १–० गोलले पछि परेको नेपाल ८८औं मिनेटमा पेनाल्टीमा बराबरी गोल फर्काउन सफल भएको थियो ।
बराबरीसँगै नेपालले २८ वर्षको प्रतीक्षा पूरा गर्दै १३औं संस्करणमा पहिलो पटक फाइनल यात्रा तय गर्यो ।
ऐतिहासिक सफलता हासिल गरृेको नेपाललाई प्रधानमन्त्री देउवाले तुरुन्तै ट्वीट गर्दै बधाई दिएका छन् ।
‘हार्दिक बधाई तथा शुभकामना,’ उनले लेखेका छन्, ‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु।’
कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेतृत्वमा पहिलो पटक फाइनल पुगेको नेपालले आजै हुने भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्ने छ ।
यद्यपि, प्रशिक्षक अब्दुल्लाले नेपालका लागि फाइनल आफ्नो अन्तिम खेल हुने घाृेषणा गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्