३२ जनाको ज्यान लिएको मुगुको बस दुर्घटनास्थल (फोटोफिचर)



बाँकेको नेपालगञ्जबाट मुगुका लागि छुटेको यात्रु बस मुगु जिल्लाको राराछायानाथ नगरपालिका वडा नम्बर ७ मा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ।

मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले २८ जनाको मृत्यु भएको पुष्टि गरेका हुन्। उक्त दुर्घटनामा घाइते भएका र उपचारका लागि नेपालगञ्ज पुर्‍याइएका मध्ये थप चारजनाको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बस दुर्घटनामा हालसम्म ३२ जनाको मृत्यु भएको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज २६ गते मंगलबार