कोहलपुर ।
पूर्व पश्चिम राजमार्ग अन्तरर्गत पर्ने बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ८ शम्शेरगञ्जमा बन्द गरिएको राजमार्ग खुलेको छ ।
बसको ठक्करबाट राप्तीसोनारी गाउँपालिका– ८ बालापुरकी २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र सोही वडा शम्शेरगञ्जकी ३४ वर्षीया गिता चौधरीको मृत्यु भएपछि स्थानीयले टायर बाल्दै राजमार्ग बन्द गराएका थिए । सोमबार राती साढे ८ बजेबाट प्रहरीले सञ्चालनमा आएको हो ।
स्थानीय विरोध प्रर्दशन गरेपछि केहीबेर शम्शेरगञ्ज तनावग्रस्त बनेको थियो । अहिले त्यहाँको अवस्था सामान्य भइसकेको ईलाका प्रहरी कार्याललय कोहलपुरले जनाएको छ ।
प्रकाशित मिति : २०७८ असोज २५ गते सोमबार









प्रतिक्रिया दिनुहोस्