बाँकेबाट उद्योग मन्त्री बनेका हमालले दिए राजीनामा



प्रधान न्यायाधीको कोटाबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका भनिएका कांग्रेस बाँकेका नेता गजेन्द्रबहादुर हमालले तीन दिनमै राजीनामा दिएका छन् । केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएको बताइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र दिएर फर्किएको ईकान्तिपुरले समाचारमा जनाइएको छ ।

मन्त्रिपरिषद्‌मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएपछि उनले राजीनामा दिएका छन् ।

विवादमा आएपछि प्रधानमन्त्री शेरबहदुर देउवाले पनि हमाललाई राजीनामा दिन सुझाव दिइएको जनाइएको छ ।
हमाल शुक्रबार मात्रै आपूर्ति मन्त्रीमा नियुक्त भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज २४ गते आइतबार