राप्रपा बाँके अध्यक्षमा पुनः पौडेल



नेपालगन्ज ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेको अध्यक्षमा पुनः नरेन्द्र पौडेल निर्विरोध चयन भएका छन् । नेपालगन्जमा मंगलवार सम्पन्न अधिवेशनबाट पौडेल पुनः अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

राप्रपा बाँकेका युवा नेता ऋषिराज देवकोटाले अधिवेशनबाट निर्विरोध सबै कार्यसमिति चयन गरिएको जानकारी दिए । ‘अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति सर्वसम्मत रुपमा हामीले चयन गरेका छौं’ उनले भने, ‘अब राप्रपा बाँके एकढिक्का भएर अगाडि बढ्छ ।’

  • No tags available
प्रकाशित मिति : २०७८ असोज २० गते बुधबार