बाँकेको प्रसिद्ध मन्दिर बागेश्वरी परिसर सरसफाइ गरिएको छ । नेपालगञ्जमा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा नेपालगन्जमा सरसफाई गरिएको हो ।
संस्थाकी प्रबन्धक राजकुमारी शाहीका अनुसार सहकारीले शनिबारको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत धार्मिक क्षेत्रमा फोहार संकलन गरिएको थियो ।
उनले मन्दिर क्षेत्रमा धेरै धर्मावलम्बीहरुको भीडभाड भएर फोहोर हुने भएकोले त्यसको व्यवस्थापनका लागि समेत सहयोग गरिएको जानकारी दिइन् । ‘हामीले बागेश्वरी मन्दिर परिसरमा सरसफाइ गरेका छौं ।
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मन्दिरको फोहोर व्यवस्थापनको लागि एक दर्जन डस्बिन वितरण गरेका छौं,’ उनले भनिन्, ‘त्यहाँ अव्यवस्थित रुपमा जथाभावी फालिएका फोहोर व्यवस्थापन गरिएको हो ।’
हाल नेपालभर शिव शिखरका २४ शाखा सञ्चालित छन् । संस्था सामाजिक, आर्थिक विकासका लागि अग्रसर रहेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्