बहुविवाह मुद्दाकी फरार प्रतिवादी पक्राउ



कोहलपुर ।

जिल्ला प्रहरी कार्यालय बाँकेले बहुविवाह मुद्दाकी एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका–५ बस्ने २६ वर्षीया बिना खटिक रहेको बाँके प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए ।

खटिकलाई जिल्ला अदालत बाँकेको २०७७ कात्तिक २० गतेको फैसलाले बहुबिवाह मुद्दामा ११ महिना १२ दिन कैद फैसला गरेको थियो । सोही बेलादेखि नै फरार खटिकलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष प्रहरीले शुक्रबार घरबाटै पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १६ गते शनिबार