भेरी अस्पतालको मेसुमा डा.वीरेन्द्र चन्द नियुक्त



नेपालगञ्ज ।

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट (मेसु) मा डा.वीरेन्द्र बहादुर चन्द नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. चन्दलाई भेरीको मेसुमा नियुक्त गरेको हो ।

डा. पिताम्बर सुवेदीलाई पछि पार्दै उनले अस्पतालको मेसुमा नियुक्ति लिन सफल भएको बताइएको छ । स्वास्थ्यकर्मी संघ बाँकेले डा. पिताम्बरको पक्षमा लबिङ गरेपनि डा. चन्दले नियुक्ति लिन सफल भए ।

उनले बिहीबार आफ्नो नियुक्ति बुझिसकेका छन् । रेडियोलोजिष्ट डा. चन्द यसअघि भेरी अस्पतालको मेसु भइसकेका छन् । उनी २०७३ देखि २०७५ सालसम्म मेसु भएका थिए ।

मेसुमा नियुक्त भएका डा. चन्दले अस्पताल सुधारका लागि आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । उनले क्याथ ल्यावको स्तरवृद्धि, सेवालाई थप बिरामीमैत्री बनाउनेदेखि अस्पताल प्रशासनको सुधारमा ध्यान दिने बताएको स्वास्थ्यपेजले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रबार