छुट्टाछुट्टै दुर्घटनामा दुइको मृत्यु



कोहलपुर, २४  फागुन  / बाँकेमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सोमबार दिउँसो सवा १२ बजे सम्शेरगञ्ज ८ पार्वतीपुरमा एक कार दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा १२ च २०७२ नम्बरको कार अनियन्त्रित भइ दुर्घटना हुँदा चालक नेपालगञ्ज १ का २९ वर्षिय मोहमद शखि हलुवाईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही कारमा सवार २ जना घाइते भएका छन् । घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचारु भैरहेको छ ।
यस्तै नेपालगञ्जमा सोमबार बिहान करिब साढे ११ बजे नेपालगञ्ज १ विशालनगर चौक नजिकै मोटरसाइकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।
भे ४ प ७४४२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री हुम्ला पुप्लाङ्गका ७७ वर्षिया जयशरा शाहीको मृत्यु भएको हो । उपचारका लागि नेपालगञ्ज नर्सिङ्ग होममा सामान्य उपचारपछि लखनऊ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक र मोसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुबै दुर्घटनाको अनुसन्धान भैरहेको बाँके प्रहरीको भनाई छ ।

  • No tags available
प्रकाशित मिति : २०७३ फागुन २४ गते मंगलबार