आमा बन्दै नायिका रञ्जना शर्मा ,सार्वजनिक गरिन् ‘बेबी बम्प’ तस्बिर



नायिकाहरू हिजोआज सन्तान जन्माउन लागेको खुसीयाली सार्वजनिक गर्न व्यस्त छन् l केही समयअघि नायिकाहरू प्रियंका कार्की, रिचा शर्मा र गरीमा पन्तले गर्भवती अवस्थाको फोटो सार्वजनिक गरेका थिए l हाल यी तिनै नायिकाले सन्तानलाई जन्म दिइसकेका छन् l

अहिले नेपाली फिल्म उद्योगबाट निकै टाढा रहेकी अर्की नायिका रञ्जना शर्माले पनि यी तीन नायिकाहरूको पदचाप पछ्याएकी छिन् । एक दशक अघि पुगेकी रञ्जनाले बुधवार सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् ।

उनले ‘बेबी बम्प’ सहितको एक तस्बिर सार्वजनिक गरेकी छन् । कोरोना महामारीका कारण रञ्जना र निकेशले अनलाइनको माध्यमबाटै कानुनी विवाह गरेका थिए ।

रञ्जनाका दोश्रो पती हुन् निकेश l ‘गहना’ टेलिसिरियलबाट अभिनय करिअर सुरु गरेकी रञ्जनाले ‘कन्यादान, सलाम छ मायालाई, विरताको चिनो, मर्यादा, मौसम, बदमास’ लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १३ गते बुधबार