कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका नगर प्रमुख लुट बहादुर रावतले मानसिक स्वास्थ्यसम्बन्धी जानकार नभएको बताएका छन् ।
आइतबार कोहलपुर नगरसभामा भएको मनोसामाजिक मानसिक स्वास्थ्यलाई स्थानिय तहमा समाहित गर्ने विषयमा एक दिवशिय कार्यशाला गोष्ठी कार्यक्रममा बोल्दै रावतले मानसिक स्वास्थ्यसम्बन्धी कुनै जानकारी नभएको र आजको गोष्ठीबाट जानकार भएको उनको भनाई थियो ।
‘मानसिक स्वास्थ्य विषयमा अहिलेसम्म कुनै निति तथा कार्यक्रम तयार पारेका छैनौं’ उनले भने’ ‘आगामी दिनहरुमा भने मानसिक स्वास्थ्य विषयमा बजेटको व्यवस्था गर्नेछौं ।’
पालिकाको अब एक पटक नगर सभा बस्नेछ त्यसबाट मानसिक स्वास्थ्य सम्बन्धी निति तथा कार्यक्रम तयार गरी कार्यान्वयमा लैजाने नगर प्रमुख रावतको भनाई थियो । जिल्ला समन्वय समिति बाँकेका सभापति अजय श्रीवास्तवको प्रमुख अतिथिथ्यमा कार्यक्रम सम्पन्न भएको
थियो ।
कार्यक्रममा कोहलपुर नगरपालिका उपप्र्रमुख सञ्जु कुुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र बहादुर केसी, वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरु र मनोसामाजिक प्र्रा.डा. शिशिर सुब्बा लगायतको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्