बर्दियाको गुलरियाबाट प्रहरीले ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाउन खोज्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । गुलरिया नगरपालिका, ७ शहिदगेटमा प्रहरी चेकिङ्गमा आर्थिक प्रलोभन देखाउँने खोज्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको संयुक्त टोलीले चेकजाँच गरिरहेको पक्राउ परेका दुबै जनाले घुस रकम दिन खोजेका थिए ।
चेकिङ्गमा रहेका प्रहरीले लु २० प ८६१ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँचको लागी ब्लुबुक र लाईसेन्स माग गर्दा आर्थिक प्रलोभन देखाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नम्बर– ११ बस्ने २० वर्षीय राकेश खटिक र सोही ठाउँ बस्ने १९ वर्षीय अजय खटिक रहेका छन् ।
ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाउनुका साथै काम कारबाहीमा समेत प्रभाव पार्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको बर्दिया प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हेम बहादुर शाहीले जानकारी दिए ।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्