३ महिने निःशुल्क मोवाइल मर्मत तालिम सुरु



कोहलपुर ।

बाँकेको कोहलपुरमा ३ महिने मोवाइल मर्मत तालिम सुरु भएको छ । आइतबार कोहलपुर नगरपालिका ११ नम्बर वडा अध्यक्ष कर्ण बहादुर थापाले सो तालिमको उद्घाटन गरेका थिए ।

उद्घाटनका क्रममा बोल्दै थापाले तालिमले क्षमता अभिवृद्धि गराई स्वरोजगारको वातावरण गर्नुपर्नेमा जोड दिएका थिए । उनका अनुसार सीप सिकौँ स्वरोजगार बनौँ भन्ने भावना आत्मसात गर्दै तालिममा निरन्तर सहभागिता जनाउन अनुरोध समेत गरे ।

यस्तै नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ बाँके र बर्दियाका अध्यक्ष एवम् भेरीमालिका टेक्निकल कलेजका प्रबन्धक निर्देशक दिनेशराज न्यौपालेले तालिममा सहभागिहरुलाई तालिम पश्चात मोवाइल पसलहरुसंग समन्वय गरी रोगजारीमा लगाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

तालिमा सहभागिहरुले आफ्नै व्यवसाय सुरु गर्न चाहेमा भेरी मालिका टेक्निकल कलेजले कोहलपुरमा रहेको नबिल बैंकसंग विना धितो १० लाखसम्म दिने समन्वय गरेको भन्दै उत्साहपूर्ण वातावरणले पूर्ण रुपमा सीप सिक्नुपर्नेमा न्यौपानेको भनाई थियो ।

सो तालिमको प्रमुख प्रशिक्षक इलेक्ट्रोनिक्स मोवाइल व्यवसायी बाँकेका कोषाध्यक्ष गोेविन्द भट्टराई रहेका छन् । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय व्यवसायीक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रो  (EVENT II) को सहयोग सो तालिम सुरू गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ११ गते सोमबार